काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
बाढीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपालका अनुसार बाढी नुवाकोट आइसकेको छ । बाढीले पुर्याएको क्षतिबारे अहिले भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
साथै नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ । उद्धारका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ ।