×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

गोरखा । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान पालुङटार नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। उनीहरुमध्ये ३४ जना सम्पर्कविहीन रहेको उनले बताए । ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’

बससँगै गएको दुई वटा माइक्रो भने सम्पर्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । माइक्रोमा २६ जना यात्रु सवार थिए।

प्रतिकृया दिनुहोस्