×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ।

मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।

यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्