दैलेखमा ११ वर्षीय बालकको हत्या
फाल्गुण ५, २०८१काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
सबै पढ्नुहोस