काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।