आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक माघ २ गते बस्ने
पुस २९, २०८१काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक बस्नेछ । ‘नेताहरूको जिम्मेवारी बाँडफाँट गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित बनाएर खटाउने विषयमा गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको छ शर्माले भने ।
सबै पढ्नुहोस