काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।