तोलामा २६ सय रुपैयाँ घट्यो सुन, प्रतितोला कति ?
मङ्सिर ११, २०८१काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुन तोलामा २६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो सोमबार तोलामा १५ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस