नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
मङ्सिर १०, २०८१काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक पल्टिँदा च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालक
सबै पढ्नुहोस