भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार
मङ्सिर २८, २०८२काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । श्रीवास्तवलाई काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा दुखाई अत्यधिक भएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्याइएको थियो ।
सबै पढ्नुहोस