कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने
भदौ ६, २०८२काठमाडौं । कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जापान सरकारको झन्डै ३० अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि यही सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ । आगामी वर्ष चैतसम्ममा डीपीआर तथा ईआईएको लागि परामर्शदाता कम्पनीसँग सम्झौता गर्ने र एक वर्षभित्र त्यसको प्रक्रिया टुङ्ग्याउने कार्यतालिका छ ।
सबै पढ्नुहोस