नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते

नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा(छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट दुप्चेश्वरतर्फ जादै गरेको बाप्र ०८–००१ ख ००५२ न को बस सडक छेउमा रोकी चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो । सो बसले रोकीरहेको बाप्र ०३–००१ ज ११७६ नम्बरकको खाली इभी भ्यानलाई पनि ठक्कर दिएको थियो । दुवै गाडी सडकबाट ३०र४० मिटर तल खसेका छन् ।

दुर्घटनामा बसमा रहेका ५ जना महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम खाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ ।

बसका रहेका लालबन्दी ९ घर भई हाल काठमाण्डौ काँडाघाँरी बस्ने वर्ष २५ की सुजता पोखरेलको दाहिने हातमा चोट लागेको छ भने काभ्रेको बनेपा १० बस्ने वर्ष ४२ की सर्मिला श्रेष्ठको बायाँ हातमा चोट लागेको छ । दोलखाको मेलुङ ६ घर भई हाल काठमाडौं काँडाघाँरी बस्ने बर्ष ६० की ज्ञानु श्रेष्ठको टाउकोमा र ढाडमा चोट लागेको छ ।

घाइते तीनै जनाको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस रोकेर यात्रुहरू खाजा खान गएकोले बसमा सवार यात्रु संख्या यकिन नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी हवारीका अनुसार बस चालक काभ्रे पाँचखाल ७ बस्ने वर्ष ४५ को सिताराम आचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्