सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सुदूरपश्चिम

सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ

सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।

सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला मन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेशसभा संसदीय दलका नेता हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्