७.३७ अंकले घट्यो सेयर बजार ७.३७ अंकले घट्यो सेयर बजार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

७.३७ अंकले घट्यो सेयर बजार

७.३७ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ ।

बिहीबार नेप्से सूचक ८.८१ अंक बढेको थियो । शुक्रबार १ सय १ कम्पनीको मूल्य बढेको छ भने १ सय ६४ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकममा भने सुधार आएको छ ।

बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबै समूहगत सूचक उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ तथा व्यापार २.५७ प्रतिशत घटेको छ ।

तर, शुक्रबार जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशत बढेको छ ।

हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रो रहेको छ ।

तर, कृषि विकास बैंक बन्डको कारोबार सबैभन्दा धरै रकम बराबर भएको नेप्सेले जनाएको छ । त्यसैगरी लिबर्टी इनर्जी, नाग्दी हाइड्रोपावर तथा एनआरएन इन्भेस्टमेन्ट कम्पनीको धेरै रकमको सेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्