मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला
फाल्गुण २०, २०८१काठमाडौं । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।
सबै पढ्नुहोस