हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता
माघ ६, २०८२धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।
सबै पढ्नुहोस