×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासत म्याद थप

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासत म्याद थप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।

अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो ।

मलेसियाको वैदेशिक रोजगारीका लागि जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस्