जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता हुने
साउन २८, २०८२काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच कार्यगत एकता हुने भएको छ । दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने जसपाका एक नेताले जानकारी दिएका हुन् । ती नेता अनुसार कार्यगत एकताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । भोलि एउटा कार्यक्रम गरेर औपचारिक रूपमा घोषणा गरिने छ ।
सबै पढ्नुहोस