लामिन यमलको ह्याट्रिकमा बार्सिलोना विजयी
फाल्गुण १७, २०८२काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४(१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गरेका थिए । यो यमलको पहिलो ह्याट्रिक हो । त्यस्तै एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए । यो जितपछि बार्सिलोनाको ला लिगामा २६ खेलमा ६४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्
सबै पढ्नुहोस