×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

चीनले तिब्बतमा विश्वकै ठूलो बाँध बाँधेर बिजुली निकाल्ने

चीनले तिब्बतमा विश्वकै ठूलो बाँध बाँधेर बिजुली निकाल्ने

पुस ११, २०८१

काठमाडौं । चीनले तिब्बतमा विश्वकै ठूलो बाँध बाँधेर बिजुली निकाल्ने भएको छ । तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा चिनले गरेको छ । यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ ।

सबै पढ्नुहोस