×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इजरायलले सार्वजनिक गर्‍यो ३३ बन्धकहरूको सूची

इजरायलले सार्वजनिक गर्‍यो ३३ बन्धकहरूको सूची

काठमाडौं । हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ । बीबीसीका अनुसार यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन् ।

कान्छा बन्धकमा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन् । उनले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन् ।

त्यस्तै पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन् । उनलाई पनि पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएको छ।

इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको छ ।

हमासले युद्धविराम सम्झौता अन्तर्गत ३ जना इजरायली बन्धकको नाम सार्वजनिक गरेसँगै इजरायलले आफ्ना थप ३३ जना नागरिकको नाम सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्