काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।