×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन

समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए । जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए । तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

प्रतिकृया दिनुहोस्