विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् ।

यस्तै, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्