×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तातोपानी नाका र रसुवागढी नाका सुचारु गराउन सांसद सापकोटाले गराए सरकारको ध्यानाकर्षण

तातोपानी नाका र रसुवागढी नाका सुचारु गराउन सांसद सापकोटाले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।

तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर पर्ने बताए ।

‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फको दुवै वटा नाका बन्द छन्, यसले चाडबाडको मुखमा हामी छौं,’ उनले भने, ‘यसले बजार भाउ अपत्यारिलो ढंगबाट आकासिने सम्भावना बढेर गएको छ तर, सरकार नियमित काम जस्तो सामान्य एउटा मेसिन लगाएर इको पहिरोमा खेलिराखेको छ ’

उनले साधन स्रोतको प्रयोग गरेर तत्काल पहिरोको व्यवस्थापन गरी चीन जोडिने नाका खुलाउन माग गरे ।

सांसद सापकोटाले उखुमा दिँदै आएको अनुदान कटौती निन्दनीय भएको भन्दै विरोध जनाए । उखु किसान र दुग्ध किसानका माग पूरा गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस्