×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेपालले यू-१९ महिला एसिया कप खेल्ने

नेपालले यू-१९ महिला एसिया कप खेल्ने

काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यु -१९ महिला एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू१८ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ ।प्रतियोगितामा ६ टोली सहभागी हुनेछ । नेपाल भारत र पाकिस्तानसँगै समूह ए मा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूहबी मा छन् ।

नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ । सुपर फोरले सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

बुधबारै आईसीअसी यू-१९ महिला टी२० विश्वकिमा छनोट भएर ईतपहास रचेको नेपाली युवा महपला टोलीले छिटै अर्को ठूलो प्रथियोगिता खेल्ने भएको हो ।

प्रतिकृया दिनुहोस्