×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘आज उजुरी आएको छ । अब कानूनी प्रक्रिया अघि बढाउँछौं’ एसपी अवस्थीले भने ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

आजै प्रसाईंकै कमाण्डमा भएको राजावादी समूहको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शन उग्र भएपछि प्रशासन कर्फ्युसमेत लगाएको छ ।
 

प्रतिकृया दिनुहोस्