×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै

प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन् ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । उक्त निर्णय मुख्यसचिव हुँदै सोमबार ऊर्जा मन्त्रालयमा पुगेको थियो ।

मन्त्रालयले सो जानकारी प्राधिकरणमा पनि पठाइसकेको छ । अहिले सञ्चालक समितिमा सोही निर्णय कार्यान्वयनको बारेमा छलफल हुने जनाइएको छ ।

प्राधिकरणको नेतृत्व भने बक्यौता नबुझाएसम्म लाइन जोड्न नहुने अडानमा छ । सोमबारको सञ्चालक समितिको बैठकमा पनि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोही अडान दोहोर्‍याउने छन् । तर ऊर्जामन्त्री दीपक खड्का जसरी हुन्छ उद्योगमा लाइन जोड्नुपर्ने पक्षमा छन् । 

मन्त्री खड्काकै प्रस्तावमा आइतबार मन्त्रिपरिषद्ले बक्यौता नबुझाएका उद्योगमा लाइन जडान गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय लिखित रूपमा सोमबार ३ बजेसम्म प्राधिकरणमा पुगेको थिएन । सञ्चालक समितिको बैठक पनि नबसेका कारण प्राधिकरणले हालसम्म उद्योगमा लाइन जोडेको छैन । 

मन्त्री खड्का भने सञ्चालक समितिबाट सकभर सहमतिमा नभए बहुमतका आधारमा भए पनि उद्योगमा लाइन जडान गर्नुपर्ने निर्णय गराउने पक्षमा छन् । 

प्रतिकृया दिनुहोस्