×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् ।

तर, यस्तो कसलाई भन्न खोजिएको हो त्यो प्रष्ट पारिनुपर्ने भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि सभामुखसँग समय मागेकी थिइन् ।

सभामुखले समय दिएपछि उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’

कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए ।

‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

विरोध र समर्थन गर्ने परिपार्टी रहेको उल्लेख गर्दैउनले अब पनि यसमा ध्यान दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्