काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ ।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको छ । शर्मालाई हिजो (बिहीबार) बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।
सिफारिस भएका ६ जनामध्ये चौथो नम्बरमा रहेका शर्मालाई नियुक्ति सिफारिस गरिएकोप्रति आलोचना समेत भइरहेको छ ।
