काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।