×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमती प्रदेश सभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि

बागमती प्रदेश सभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि

काठमाडौँ । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी गरेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ’, सभामुख पाठकले भने, ‘प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौं । सम्भवतः आइतबार वा सोमबार सम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला’, उनले भने ।

गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो । रासस

प्रतिकृया दिनुहोस्