×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गणेश नेपालीको आत्मदाहबारे सत्यतथ्य पत्ता लगाउन सरकारले बनायो न्यायिक समिति

गणेश नेपालीको आत्मदाहबारे सत्यतथ्य पत्ता लगाउन सरकारले बनायो न्यायिक समिति

काठमाडौं । सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको हो । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्