काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ११० रुपैयाँ घटेर प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।