×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल सुरक्षाको लागि अब देखि एक पटकमा एउटा मात्रै गाडी पास गर्न दिइने

रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल सुरक्षाको लागि अब देखि एक पटकमा एउटा मात्रै गाडी पास गर्न दिइने

रामेछाप । निरन्तरको वर्षाको जोखिमलाई लक्षित गरी रामेछाप–खुर्कोट जोड्ने बेलिब्रिज एवं खुर्कोट पुललाई सुरक्षित गरिने भएको छ । पुलको सुरक्षाको लागि एक पटकमा एउटा मात्रै सवारी पास गर्नु पर्ने निर्णयमा रामेछापका सरोकारवालाहरुले सहमति गरेका हुन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुनकोशी माथिको उक्त पुललाई सुरक्षित गर्दै यात्रा गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुलको निगरानी बढाउँदै एक पटकमा एउटा मात्रै सवारी साधन पास गर्न दिने निर्णय गरिएको हो । 

बैठकले जिल्लामा निरन्तरको वर्षाले पारेको प्रभाव र असर बारे समग्र वस्तु स्थितिको समीक्षा समेत गरेको छ । 

अघिल्लो वर्ष असोज १२ र १३ गते सुनकोशीमा आएको भीषण वर्षाले रामेछाप तर्फको स्पान बगाउँदा यो पुल पूर्ण रूपमा अबरोद्ध भएको थियो । पछि तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष पहलमा नेपाली सेनाको टोलीले २१ दिन भित्रै बेलिब्रिज सञ्चालनमा ल्याएपछि सञ्चालनमा छ । 

केही दिनदेखिको वर्षाको कारण यो पटक पनि सुनकोशीमा पानीको बाहव उच्च हुँदा बेलिब्रिज जोखिममा छ । यो पुल रामेछापलाई तराई र संघीय राजधानीसँग जोड्ने छोटो दुरी एवं मुख्य पुल हो । 

प्रतिकृया दिनुहोस्