काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भैरहेको छ ।