काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।