×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री  समेत रहेका प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल पनि त्यागेर नेकपा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशसँगै उनले पर्सा क्षेत्र नम्बर-१ बाट उम्मेदवारी समेत दिएका छन् । उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

पार्टी छाडेको एक साता भन्दा बढी समय बितिसकेपछि जसपा नेपालले यादव लगायतलाई आज कारबाही गरेको विज्ञप्ति निकालेको हो ।

उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरीत कार्य गरेकोले आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिकृया दिनुहोस्