काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।