×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय हुने

५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय हुने

काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा सुरु भएको छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।
 
उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए । 

स्रोतका अनुसार केही दिन पहिला नै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेका छन् । सो कुराको सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्