×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

पुन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्