×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

हरैया क्याम्पसमा नेविसंघ-अखिल क्रान्तिकारीको प्यानलै विजयी

हरैया क्याम्पसमा नेविसंघ-अखिल क्रान्तिकारीको प्यानलै विजयी

काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।

निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार अध्यक्ष पदमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदवार जीवन कुमार धवलले २८५ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियु र जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानलका राजेश यादबले १३५ मत प्राप्त गरेका छन् ।

५०३ मतदाता रहेको क्याम्पसमा ४२४ मत खसेको थियो ।

सचिवमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका मनोज थापा २७२ मत पाएर विजयी हुंदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलका सन्दीप कुर्मीले १४१ मत पाए ।

कोषाध्यक्षमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलकी अमृता ज्ञवाली २७० मत पाएर निर्वाचित हुँदा अनेरास्ववियु र जनमत विद्यार्थी संघको प्यानलकी स्नेहा बिस्वकर्माले १४० मत पाइन् ।

यस्तै सदस्यहरुमा नेविसंघ–अखिल क्रान्तिकारी प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । सदस्यहरुमा अशोक थापा,सुमित बि।क।,परमशिला यादब,गुड्डु लोनिया र अश्मी थापा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्