×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या

नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या

काठमाडौँ । नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको फोरजी नेटवर्कमा समस्या देखिएको हो । दिउँसो १ः४५ बजेदेखि समस्या आएकोमा अहिलेसम्म पनि समस्या समाधानको प्रयास भइरहेको प्राधिकरणका सह प्रवक्ता नवीन कुमार मिश्रले जानकारी दिए । 

‘एनटीसीको डाटा कोरमा समस्या देखिएको छ । कहाँनिर समस्या देखियो भर्खरै पत्ता लागेको जानकारी आएको छ, प्राविधिकहरू समस्या समाधानमा लागिरहनुभएको छ, केही समयमा समस्या समाधान होला,’ उनले भने । 

त्यसो त, मोबाइल नेटवर्कमा पनि अहिले समस्या देखिएको गुनासो आइरहेको छ । तर, यसमा प्राविधिक रूपमा भने कुनै समस्या नरहेको उनको भनाइ छ । ‘फोरजीमा समस्या हुँदा मोबाइल नेटवर्कको बढी प्रयोग भएर केही समस्या आएको हुन सक्छ, प्राविधिक समस्या केही छैन, टूजी र थ्रीजीमा पनि समस्या छैन,’ उनले भने । 

अहिलेको समस्या अचानक आएको र जटिल भएको भन्दै २२ वर्षको अनुभवमा अहिलेसम्म यस्तो समस्या नदेखिएको समेत उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्