×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

काठमाडौं । यूएईमा भइरहेको  आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिकृया दिनुहोस्