×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते

कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते

सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।

उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । उनीहरूको पहिचान भने खुलेको छैन । 
 

प्रतिकृया दिनुहोस्