काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।