×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जना नेकपामा प्रवेश

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जना नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष जीवी खड्कासहित जिल्ला कमिटीका नेताहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् ।

साथै एमाले छाडेकाहरू शुक्रबार नै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजकम पुषपकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका छन् ।

ओखलढुङ्गाबाट एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू रुष्ट बनेका थिए । यसअघि उम्मेदवारी मनोनयनका दिन अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेका थिए । 

3

12

प्रतिकृया दिनुहोस्