×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। 

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । 

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । 

प्रतिकृया दिनुहोस्