काठमाडौं । बिहीबार नेपाली बजारमा फेरी सुनको मुल्य नयाँ रेकर्ड नजिक पुगेको छ । यस अघि साउन २३ गते एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरी सोही मुल्यमा पुगेको छ । आज सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।