×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुरको लागि शिवशरण जत्तिको योग्य व्यक्ति अरू छैन : प्रचण्ड

कीर्तिपुरको लागि शिवशरण जत्तिको योग्य व्यक्ति अरू छैन : प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादीबाट उठाएका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनप्रति कसैले प्रश्न उठाउने ठाउँ नभएको दाबी गरेका छन् । 

बुधबार बिहान कीर्तिपुरमा आयोजना भएको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उनले कीर्तिपुरको समस्या समाधानका लागि महर्जन जत्तिको योग्य व्यक्ति कोही नभएको दाबी गरे ।  

‘प्रा.डा. शिवशरण महर्जन कीर्तिपुरमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । अन्य दलहरूसँग कुरा गर्दा पनि मुक्त कण्ठले प्रशंसा गरेको सुनेको छु । उहाँको बौद्धिकता र कीर्तिपुरको समस्या समाधानका लागि उहाँ जत्तिको योग्य व्यक्ति अन्य छैन’, उनले भने ।
 

प्रतिकृया दिनुहोस्